बिर्तामोड । झापा बुधबारेको कर्णाली एजुकेशन फाउन्डेसनको बसले ठक्कर दिंदा चारजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाका अवस्था गम्भिर रहेको ट्राफिक प्रहरी पोष्ट बुधबारेले जनाएको छ ।
बिहान अन्दाजी १० बजे बुद्धशान्ति गाउँपालिका वडा न ३ को प्रणामी मन्दिर नजिकै भएको दुर्घटनामा ८ बर्षीया बालिका समिक्षा बस्नेत, उनका बाबु खड्ग बस्नेत, उनकी आमा रिता बस्नेत र ५ बर्षीय बालक सन्दीप बस्नेत घाइते भएका छन् । घाइतेमध्ये समिक्षाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेकाे बिर्तामाेडमा उपचार भइरहेकाे छ ।
जयपुर बुधबारे सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे १ क ८६० नम्बरको कर्णाली एजुकेशन फाउण्डेसनको स्कुल बसले सोही दिशा तर्फै जादै गरेको साईकललाई ठक्कर दिदा दुर्घटना भएको थियो ।
प्रहरीले दुर्घटनामा संलग्न बस र सोही ठाउँ निवासी चालक मदन घिमिरेलाई नियन्त्रणमा लिएको जनाएको छ । बस चालकको लापरवाहीका कारण दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।



























































