झापामा काठ तस्करी बढ्याे दुईवटा ट्रयाक्टरसहित तीनजना पक्राउ

  • पर्दाफास अनलाइन / साउन ३०, २०८०
alt

    बिर्तामाेड । झापामा केही दिनदेखि काठ तस्करी बढेको छ । साेमबार बुद्धशान्तिमा एक ट्रयाक्टर अवैध काठसहित दुईजना पक्राउ परेको भोलिपल्ट मेचीनगरमा फेरि एक ट्रयाक्टर अवैध काठसहित एकजना पक्राउ परेका छन् ।

    kath-taskari


    साेमबार साँझ बुद्धशान्तिमा एक ट्रयाक्टर अवैध काठसहित दुईजना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा ट्रयाक्टर चालक बुद्धशान्ति गाउँपालिका वडा नं.४ बस्ने २४ वर्षिय सविन विश्वकर्मा र ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने ३६ वर्षिय धनाहाङ लिम्बू रहेका छन् ।

    साँझ ५.४० बजेको समयमा बुद्धशान्ति ६ शान्तिनगरस्थित ज्यामिरे सामुदायिक वनमा काठ चोरी निकासी हुँदै गरेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे.१ त.६५३८ न.को ट्रयाक्टरमा सखुवा जातको गोलिया काठ १६ थान (५८.२२ क्यु फिट) लोड भएको अवस्थामा फेला पारी ट्रयाक्टर, ट्रयाक्टर चालक विश्वकर्मा र ट्रयाक्टरमा सवार लिम्बूलाई नियन्त्रणमा लिएको थियो ।

    मगलबार बिहान ६ः५० बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापाकाे प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. १० निन्दा पुलमा प्रदेश १–०२–००३ त १८१२ नं. को ट्रयाक्टरमा आँप, कदम, छतिउनलगायत बिभिन्न जातको गोलिया काठ ८३ थान (१२६ क्यु.फिट)फेला पारेको छ ।

    चेकजाँच गर्दा स्थानीय वडा कार्यालयको बिल तथा आवश्यक कागजातहरु नभएकोले उक्त ट्रयाक्टरका चालक मेचीनगर २ बस्ने अन्दाजी २३ वर्षिय तेजबहादुर राई समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

    सम्बन्धित समाचार
    बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
    बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु

    झापाको बिर्तामोड नगरपालिका–३ बिर्ताबजार हटियालाइनस्थित अदुवाखोला पुल नजिक आ ...

    कनकाईमा दर्दनाक दुर्घटना : बाबु–छोरीको मृत्यु, आमा जीवनमृत्युको संघर्षमा
    कनकाईमा दर्दनाक दुर्घटना : बाबु–छोरीको मृत्यु, आमा जीवनमृत्युको संघर्षमा

    झापा, असार ५ – झापाको कनकाई नगरपालिका–५ तुलसीवारीमा शुक्रबार दिउँसो भएको सव ...

    झापामा ठूलो स्वीप अपरेसन : ६८ जना नियन्त्रणमा, करिब २० ग्राम खैरो हेरोइन बरामद
    झापामा ठूलो स्वीप अपरेसन : ६८ जना नियन्त्रणमा, करिब २० ग्राम खैरो हेरोइन बरामद

    झापा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै जिल्लाका विभिन्न स् ...

    मेची खोलाबाट नेपाल प्रवेश गर्दै गरेका बंगलादेशी नागरिक पक्राउ
    मेची खोलाबाट नेपाल प्रवेश गर्दै गरेका बंगलादेशी नागरिक पक्राउ

    झापा, असार ३०। भारतको पानीट्यांकी क्षेत्रबाट अनधिकृत रूपमा नेपाल प्रवेश गर् ...

    झापामा भीषण हावाहुरीको कहर : घर उडाए, उद्योग तहसनहस, बिजुली पोल ढले, लाखौँको क्षति
    झापामा भीषण हावाहुरीको कहर : घर उडाए, उद्योग तहसनहस, बिजुली पोल ढले, लाखौँको क्षति

    झापामा गएराति आएको भीषण हावाहुरीले जिल्लाका विभिन्न पालिकामा व्यापक क्षति प ...

    पर्दाफास प्रकाशन प्रा.लि.

    बिर्तामोड-१, झापा, कोशी प्रदेश, नेपाल

    विज्ञापनका लागि

    ९८१५९९९१९०

    Email: [email protected]

    हाम्रो बारेमा

    पर्दाफास अनलाईनले समाजका तमाम बिकृति बिसंगति उजागर गर्ने अभिभारा साथमा लिएर उपस्थित भएको छ । यस अनलाइनले समृद्धी र विकासलाई प्रमुख प्राथमिकता दिने योजना बनाएको छ । अबको यात्रा विकास नै हो । राजनीतिक यात्रा एक अर्थमा समाप्त भइसकेको अवस्थामा समृद्धिलाई प्रमुख प्राथमिकता अनलाइनले दिने छ । साथमा समाजका हरेक गतिविधि समेटिने छ ।

    पर्दाफास अनलाईन टीम

    • सञ्चालक : पुष्प बराल
    • कार्यकारी सम्पादक : तुलशी सिटौला
    • सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४१५८-२०८०/२०८१

    Copyright © 2023/2026 - Pardafasonline.com - All Rights Reserved.