एशिया कपका लागि राष्ट्रिय क्रिकेट टिमकाे तयारी तिब्र आगामी महिना बिश्वका शक्तिशाली देशसँग भिड्दै

  • / साउन २३, २०८०
alt

    झापा  । नेपालले अर्को महिना आफ्नो क्रिकेट इतिहासकै सवैभन्दा शक्तिशाली टोली भारत र पाकिस्तानसँग खेल्दैछ । गत वैशाखमा एसिसी प्रिमियर कपको उपाधि जितेपछि नेपालले एसिया कप खेल्न पाउने भएको हो ।

    एसिया कपको लागि नेपालले श्रीलंकामा १५ दिनको तयारी गरेर स्वदेश फर्किएको छ । नेपालले केहि दिन स्वेदशमा प्रशिक्षण गरेर पाकिस्तान जानेछ । भारत र पाकिस्तानसँग नेपालले कस्तो खेल्छ क्रिकेटका फ्यानका लागि चाखको विषय बनेको छ । नेपालले अगष्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ ।

    नेपालले गत फागुन यता आफ्नो टोलीमा खासै परिवर्तन गरेको छैन । एक दुई खेलाडी मात्रै टोलीमा आउने र जाने भएको छ । नेपालले आफ्नो अन्तिम १५ टोलीलाई निरन्तरता दिँदै आएको छ ।

    प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेल खेलाडीलाई विश्वास दिलाउन खोजेका छन् । एसिया कपमा नेपाल जित भन्दा पनि आफ्नो उत्कृष्ट क्रिकेट विश्वलाई देखाउन चाहन्छ । नेपालले आफ्नो रणनीति, कन्डिसन र टिम सन्तुलनलाई ध्यानमा राख्दै अन्तिम टोली केहि दिनमा घोषणा गर्नेछ । नेपालको सम्भावित अन्तिम १५ सदस्य टोली यस प्रकार हुनसक्छ ।

    एसिया कप खेल्ने नेपालको सम्भावित अन्तिम टोली

    ब्याटर – आसिफ शेख (विकेटकिपर), आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, देव खनाल, अर्जुन साउद (विकेटकिपर) र रोहित पौडेल (कप्तान)

    अलराउन्डर – कुशल मल्ल, गुलशन झा र दीपेन्द्रसिंह ऐरी

    तीव्र गतिका बलर – सोमपाल कामी, करण केसी र प्रतिश जि.सी

    स्पिनर – सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।

    सम्बन्धित समाचार
    अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
    अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा

    एट्लान्टा — कप्तान लियोनेल मेसी प्रेरित अर्जेन्टिना उत्कृष्ट पुनरागमन गर्दै ...

    स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
    स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा

    डालास — दाबेदार फ्रान्सलाई पन्छाउँदै स्पेन विश्वकप २०२६ को फाइनलमा पुगेको छ ...

    विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
    विश्वकपमा अबको यात्रा यस्तो हुनेछ

     फिफा विश्वकप २०२६ को पहिलो क्वाटरफाइनलमा आज राति दुई शक्तिशाली टोली फ ...

    फिल्मको हिरोझैँ देखिने पालिका अध्यक्ष बाबुराम खड्काको फुटबल मोह
    फिल्मको हिरोझैँ देखिने पालिका अध्यक्ष बाबुराम खड्काको फुटबल मोह

    तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजार यतिबेला फुटबलमय बनेको छ । गाउँभर खे ...

    उपाधि चुम्न सफल वडा नं ३
    उपाधि चुम्न सफल वडा नं ३

    बिर्तामोड जेठ ४ ।। प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि बिर् ...

    युएइमाथि नेपालको रोमाञ्चक जित
    युएइमाथि नेपालको रोमाञ्चक जित

    काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्ख ...

    पर्दाफास प्रकाशन प्रा.लि.

    बिर्तामोड-१, झापा, कोशी प्रदेश, नेपाल

    विज्ञापनका लागि

    ९८१५९९९१९०

    Email: [email protected]

    हाम्रो बारेमा

    पर्दाफास अनलाईनले समाजका तमाम बिकृति बिसंगति उजागर गर्ने अभिभारा साथमा लिएर उपस्थित भएको छ । यस अनलाइनले समृद्धी र विकासलाई प्रमुख प्राथमिकता दिने योजना बनाएको छ । अबको यात्रा विकास नै हो । राजनीतिक यात्रा एक अर्थमा समाप्त भइसकेको अवस्थामा समृद्धिलाई प्रमुख प्राथमिकता अनलाइनले दिने छ । साथमा समाजका हरेक गतिविधि समेटिने छ ।

    पर्दाफास अनलाईन टीम

    • सञ्चालक : पुष्प बराल
    • कार्यकारी सम्पादक : तुलशी सिटौला
    • सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४१५८-२०८०/२०८१

    Copyright © 2023/2026 - Pardafasonline.com - All Rights Reserved.