दमक । झापाको दमकबाट अवैध काठसहित एकजना पक्राउ परेका छन् ।

दमक नगरपालिका–१ को गौरव फर्निचर उद्योगबाट २० क्यु फिट काठसहित एकजना पक्राउ परेका हुन् । अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट परिचालित प्रहरीले गोप्य सुचनाका आधारमा सो उद्योगमा चेकजाँच गर्दा सिसौ र सखुवा जातको २० क्यु फिट काठ फेला परेको थियो ।

काठसहित सो फर्निचर उद्योगका सञ्चालक गोकुल घिमिरेलाई नियन्त्रणमा बेलडाँगी बन कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।