बिर्तामाेड । विभिन्न सहकारीमा पैसा वचत गरेका सर्वसाधारणले बिहीबार काठमाडौंंमा प्रदर्शन गरेका छन् ।
माइतीघरदेखि बानेश्वरसम्मकाे सडकमा प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले वचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् ।
वचतकर्ताको प्रदर्शनमा विजुलीबजारमा प्रहरीसँग घम्सा घम्सी भएको थियो । वानेश्वर एभरेस्ट होटल अगाडि प्रहरीले सडकमा बार लगाएर निषेधित क्षेमा प्रदर्शन गर्न रोकेको छ । त्यस क्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो
उनीहरुले आफ्नो वचत रकम ब्याजसहित फिर्ता पाउनुपर्ने, सहकारी पीडितलाई राज्य कोषबाट रकम फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।



























































