बिर्तामाेड । मेची राजमार्गको पाँचथर खण्डमा हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकी फिदिम नगरपालिका वडा नं १० याङ्नामकी ३५ वर्षीया सविना विकको उपचारका क्रममा मृत्यु भएको हो ।
उनको हिजो बेलुका ७ बजेतिर उपचारका क्रममा बिर्ता सिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
दुर्घटनामा ताप्लेजुङ मैवाखोला गाउँपालिका १ ढुङगेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेमको हिजो मृत्यु भएको थियो ।
उनको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । झापाको बिर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको मे१ज १९४१ नं को ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो । ओरालो बाटोमा ब्रेक नलागेर गाडी भीरतिर खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनामा १३ जना घाइते भएका थिए । घाइतेमध्ये बिर्तामोडको बीएण्डसी हस्पिटलमा ६ र बिर्ता सिटी हस्पिटलमा ४ जनाको उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।
बीएण्डसी हस्पिटलमा उपचाररत घाइतेहरू
१ ताप्लेजुङ मिक्वाखोला ५ पापुङ सिम्बु बस्ने वर्ष २६ की ईसेटिमा शेर्पा (आइसियु भेन्टिलेटरमा राखेर उपचार हुँदै ,अवस्था गम्भीर)
२. पाँचथर हिलिहाङ १ बस्ने वर्ष २५ का रोशन श्रेष्ठ( अवस्था सामान्य )
३. सोही ठाउँ बस्ने वर्ष २३ का भूपेन्द्र श्रेष्ठ (अवस्था सामान्य)
४. काठमाडौँ महानगरपालिका ४ बल्खु बस्ने वर्ष २० की मिना लिम्बू (आइसियुमा उपचार हुँदै )
५. पाँचथर फाल्गुननन्द ३ बस्ने वर्ष ३५ का प्रहरी सहायक हवल्दार राम नेम्बाङ (सानो आइसियुमा उपचार हुँदै )
६.पाँचथर फिदिम नगरपालिका १० याङनाम बस्ने वर्ष ५ की पुस्तिका बिक (अवस्था सामान्य)
बिर्ता सिटी हस्पिटलमा उपचाररत घाइतेहरू
१. इलाम सिद्धिथुम्का बस्ने वर्ष १४ की निरुता सेन्चुरी ( अवस्था सामान्य)
२. कालिकोट पतञ्जलि गापा १ बस्ने वर्ष २२ का सुमन खड्का (टाउकोमा चोट अवस्था सामान्य)