बिर्तामाेड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ऋणी सदस्यको कर्जा मिनाहा गरेको झापाको बिर्तामोड निवासी सरस्वती भट्टराईको मृत्युपछि कर्जा मिनाहा गरिएको हो

 

शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित कारोवार गर्दै आएकी भट्टराईको गत चैत २४ गते क्यान्सर सम्वन्धी रोगका कारण मृत्यु भएको थियो

 

महिला उद्यमी समूहको सदस्य समेत रहेकी भट्टराईको मृत्युपछि संस्थामा तिर्न बाँकी देखिएको एकलाख ८० हजार एक सय ५५ रुपैयाँ ऋण मिनाहा गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए

 

सहकारी संस्थाका उपाध्यक्ष हेमराज मिश्रका अनुसार ऋणी सदस्यको मृत्युपछि कर्जा मिनाहा गर्ने संस्थागत नीति कर्जा मिनाहासँगै भट्टराई परिवारलाई मृत्यु संस्कार राहतवापत २० हजार रुपैयाँ प्रदान गरिएको

 

संस्थाका तर्फबाट प्रवन्धक शैलेन्द्र मेन्याङ्वो सुशिला ढकालले भट्टराईका श्रीमान् ऋषिराम खतिवडालाई कर्जा मिनाहाको पत्रसहित राहत रकम हस्तान्तरण गरेका छन्

 

ऋणी सदस्यको मृत्युपछि कर्जा मिनाहा दिने शिक्षा बहुउद्देश्यीय सहकारीको नीतिले पीडित परिवारलाई धेरै राहत मिलेको अनुभव गरेको खतिवडाले बताए

 

एक साताअघि पनि शिक्षा बहुउद्देश्यीयले झापाको धुलावारी निवासी सञ्जयकुमार मेहताको मृत्युपछि उनले तिर्न बाँकी एकलाख ३१ हजार एक सय ३९ रुपैयाँ ऋण मिनाहा गर्दै राहतवापत १५ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो