बिराटनगर । सोलुखुम्बुबाट काठमाडौँ उडेको मनाङ एयरको हेलिकप्टर जिल्लाकै लम्जुरा क्षेत्रमा दुर्घटना भएको बताइएको छ ।

सो विमानमा पाइलटसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ ।

मनाङ एयरको लोडसिटअनुसार विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । त्यस्तै, ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए । यसमध्ये दुईजना पुरुष र तीन जना महिला रहेका छन् । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् ।

उनीहरू सोमबार लुक्ला पुगेका थिए । एक रात त्यहाँ बसेर आज काठमाडौँ फर्किँदै थिए ।

५ जनाकाे शव भेटियाे 

सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

शव जलेको अवस्थामा भेटिएको छ । लम्जुरा क्षेत्रमा भएकाे दुर्घटनास्थलमा ५ जनाकाे शव फेला परेकाे काेशी प्रदेशका डिआइजी राजेशनाथ बाँस्ताेलाले जानकारी दिए ।  हेलिकप्टरमा सवार एकजनाको अवस्था अज्ञात छ ।