बिर्तामोड । जंगली हात्तीकाे समुहले गएराति बिर्तामोड ७ मा घर र विद्यालयमा क्षति पुर्याएको छ । हात्तीले साे स्थानमा बाली नालीमा क्षति पुर्याएकाे छ । 

पाँच वटाको समूहमा आएका हात्तीले स्थानीय रमेश श्रेष्ठको मकै सखाप पारेको छ  । दुर्गा राईको घरमा क्षति पुर्याएकाे छ ।त्यस्तै सोही हात्तीकाे समूहले कन्चन इङ्लिस स्कुलको क्यान्टिनको वाल भत्काएको विद्यालयका शिक्षक डिल्लीराम चौलागाँईले बताए ।

त्यसैगरी प्रदिप खनालले संचालन गरेको हाम्रो कृषि फार्ममा समेत क्षति गरेको चौलागाँईले जानकारी दिए ।

बिर्तामोड– ७ का बासिन्दा हात्ती आतंकबाट त्रसित भएका छन् । मानो खाएर मुरी उब्जाउन दिनभरि खेतमा काम गरेका कृषक रात परेपछि जागै बस्नु पर्ने बाध्यतामा छन् ।

भाच्न बाँकी रहेको मकै, फलफूल केरा सबै खाएको साथै रोप्ने बेला भएको बीउ समेत हात्तीले सखाप पारेको स्थानीय किसानहरुले बताएका छन् ।