झापा । झापाकाे मेचीनगर–१० धुलाबारीमा जंगली हात्तीको आक्रमणमा आज साेमबार बिहान एक वृद्धाको मृत्यु भएको छ ।

धुलाबारीकाे महानन्द टोलस्थित छिमेकीको आँगनमा फुल टिप्न गएकी ८० वर्षीया पन्नादेवी साह विहान ४ बजेतिर जंगली हात्तीको आक्रमणमा मृत्यु भएकाे हाे । 

हात्तीले कुल्चेर उनकाे घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष नारायण खनालले जानकारी दिए । ‘बजारतिर हात्ती पसेको खबर सुनेपछि गाउँलेहरुलाई सतर्क हुनु भनेर भन्दै थिएँ,’ वडाध्यक्ष खनालले भने–‘उहाँ फुल टिप्दै हुनुहुँदोरहेछ । हात्ती छेउमै आइसक्दा भाग्न सक्नु भएन ।’