झापा । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौ वार्षिक साधारणसभा बिर्तामोडमा सम्पन्न भएको छ । बैंकले शेयरधनीका लागि भने कुनै पनि लाभांस प्रस्ताव पास गरेन ।

संचालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको सत्रौ वार्षिक साधारण सभाले संस्थापक समुहका शेयरधनीहरु मध्येबाट ३ जना सञ्चालकहरु महेन्द्रकुमार गोयल, राजन शर्मा र अमितकुमार अग्रवाललाई निर्वाचित गरेको छ । उक्त सभामा पूर्व संचालक तथा संस्थापक शेयरधनी  गणेशप्रसाद खनाललाई सम्मान गरिएको छ ।

प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यो बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।  चाँडै नै उदयपुर जिल्लाको रामपुरमा शाखा खोलिने बताइएको छ । आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको छ ।

उक्त सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधि र भावी लक्ष्यको बारेमा मन्तव्य राखेका थिए । यो बैंकको हालसम्म कर्जा लगानी करिब १० अर्ब ८० करोड रुपैयाँ र निक्षेप संकलन १३ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।