बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ मा सडक निर्माणको क्रममा एक जना मजदुरको मृत्यु भएको छ । शुक्रबार विहान साढे सात बजे बिर्तामोड नगरपालिका वडा नम्बर ३ सैनिक मोड निवासी ४० बर्षीय धनबहादुर राजबंशीको मृत्यु भएको हो ।

घैलाडुब्बाबिर्ताबजार सडक खण्ड अन्तर्गत बिर्तामोड२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेण्ट लागेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । करेण्ट लाग्दा राजवंशीको घटनास्थलमै मृत्यु भएको इप्रका अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।