बिर्तामोड । झापामा मानव-हात्ती द्धन्द न्युनिकरणकाे अभियान चलाइएपनि पछिल्लाे समय हात्ती र मानव दुबैकाे मृत्यु सख्या बढदै गएकाे छ ।
भारतबाट आउने हात्तीले नेपाकाे पुर्वी क्षेत्रमा ठुलाे जनधनकाे क्षति पुर्याउदै गएकाे छ । हात्ती नियन्त्रणका लागि धेरै पहल भएपनि क्षाितकाे बिवरण घट्न सकेकाे छैन ।
हात्तीको आक्रमणमा परी यो बर्ष मात्र झापामा सात जनाले ज्यान गुमाएका छन् । पछिल्लो पटक मंगलबार बिहान हल्दिबारीमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएसँगै जिल्लामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको हो ।
हल्दिबारी–२ स्थित देउनीया खोलाको पुल नजिकै रहेको महेन्द्र पोखरेलको चिया बगानमा च्याउ टिप्न गएका भद्रपुर–७ का ५३ बर्षीय गिरेन कर्मकारको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
पछिल्लो १० बर्षमा ६ जना गैर नेपालीसहित ६० जना मानिस र १७ वटा हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।



























































