आज स्थानीय तहकाे बजेट आउँदै

  • / असार १०, २०८०
alt

    झापा । आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ४३ स्थानीय तहको बजेट आज सार्वजनिक हुँदैछ । झापामा रहेका १५ वटा स्थानीय तहहरुले पनि आज आर्थिक बर्ष २०८०/०८१ लागि बजेट सार्वजनिक गर्ने छन् । झापाका अधिकांश स्थानीयतहले आज बजेट प्रस्तुत गर्ने तयारी गरेको बुझिएको छ । 

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्था अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने हुन्छ ।  स्थानीय तहको आगामी आव २०८०/८१ का लागि शनिबारसम्म १०  स्थानीय तहले बजेट पेस गरिसकेका छन् । अब सात सय ४३ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिक अनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेशका एक, बागमती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई स्थानीय तहले बजेट पेस गरेका हुन् । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । चालु आव २०७९/८० का लागि ५२ पालिकाले समयमा बजेट पेस गर्न सकेका थिएनन् ।

    मन्त्रालयको वेबसाइटमा उद्धृत सूचनाअनुसार चालु आवमा अहिलेसम्म दुई पालिकाले बजेट ल्याएको जानकारी प्रविष्ट गरेका छैनन् । पछिल्ला वर्षमा धेरै स्थानीय तहले निर्धारित समयभन्दा निकै पछिसम्म पनि बजेट सार्वजनिक गर्न सकेनन् । यसले गर्दा वित्तीय अनुशासनमा प्रश्न उठिरहेको छ भने बजेट ढिला आउँदा खर्चमा समेत प्रभाव पर्ने गरेको छ ।

    समयमा बजेट सार्वजनिक नगर्ने स्थानीय तहमा शिक्षक तथा कर्मचारीलाई तलब दिन नसक्नेदेखि बजेट खर्च गर्नमा समस्या महालेखा परीक्षकको प्रतिवेदनले पनि पुष्टि गरेको छ ।  संघबाट चार प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोतका रुपमा मानिन्छ ।

    संघीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सर्शत अनुदान, समपूरक विशेष अनुदान छुट्याएको हुन्छ । तर स्थानीय तहले बजेट समयमा नल्याउँदा अनुदान रकम पाउनमा समस्या देखिने गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारले ऐनअनुसार असार १० गतेभित्र बजेट पेस भए नभएकालाई मूल्याङ्कनको एक सूचक मान्ने गरेको छ ।

    सम्बन्धित समाचार
    बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
    बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु

    झापाको बिर्तामोड नगरपालिका–३ बिर्ताबजार हटियालाइनस्थित अदुवाखोला पुल नजिक आ ...

    कनकाईमा दर्दनाक दुर्घटना : बाबु–छोरीको मृत्यु, आमा जीवनमृत्युको संघर्षमा
    कनकाईमा दर्दनाक दुर्घटना : बाबु–छोरीको मृत्यु, आमा जीवनमृत्युको संघर्षमा

    झापा, असार ५ – झापाको कनकाई नगरपालिका–५ तुलसीवारीमा शुक्रबार दिउँसो भएको सव ...

    झापामा ठूलो स्वीप अपरेसन : ६८ जना नियन्त्रणमा, करिब २० ग्राम खैरो हेरोइन बरामद
    झापामा ठूलो स्वीप अपरेसन : ६८ जना नियन्त्रणमा, करिब २० ग्राम खैरो हेरोइन बरामद

    झापा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै जिल्लाका विभिन्न स् ...

    मेची खोलाबाट नेपाल प्रवेश गर्दै गरेका बंगलादेशी नागरिक पक्राउ
    मेची खोलाबाट नेपाल प्रवेश गर्दै गरेका बंगलादेशी नागरिक पक्राउ

    झापा, असार ३०। भारतको पानीट्यांकी क्षेत्रबाट अनधिकृत रूपमा नेपाल प्रवेश गर् ...

    झापामा भीषण हावाहुरीको कहर : घर उडाए, उद्योग तहसनहस, बिजुली पोल ढले, लाखौँको क्षति
    झापामा भीषण हावाहुरीको कहर : घर उडाए, उद्योग तहसनहस, बिजुली पोल ढले, लाखौँको क्षति

    झापामा गएराति आएको भीषण हावाहुरीले जिल्लाका विभिन्न पालिकामा व्यापक क्षति प ...

    पर्दाफास प्रकाशन प्रा.लि.

    बिर्तामोड-१, झापा, कोशी प्रदेश, नेपाल

    विज्ञापनका लागि

    ९८१५९९९१९०

    Email: [email protected]

    हाम्रो बारेमा

    पर्दाफास अनलाईनले समाजका तमाम बिकृति बिसंगति उजागर गर्ने अभिभारा साथमा लिएर उपस्थित भएको छ । यस अनलाइनले समृद्धी र विकासलाई प्रमुख प्राथमिकता दिने योजना बनाएको छ । अबको यात्रा विकास नै हो । राजनीतिक यात्रा एक अर्थमा समाप्त भइसकेको अवस्थामा समृद्धिलाई प्रमुख प्राथमिकता अनलाइनले दिने छ । साथमा समाजका हरेक गतिविधि समेटिने छ ।

    पर्दाफास अनलाईन टीम

    • सञ्चालक : पुष्प बराल
    • कार्यकारी सम्पादक : तुलशी सिटौला
    • सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४१५८-२०८०/२०८१

    Copyright © 2023/2026 - Pardafasonline.com - All Rights Reserved.