श्री छठ सेवा समाज समिति बिर्तामोडले झापा गाउँपालिकाका ५० विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत समितिले ५० परिवारलाई ब्ल्याङ्केट वितरण गरेको हो।

झापा गाउँपालिका वडा नम्बर १ मिलन बस्तीका अति विपन्न परिवारका लागि सो राहत प्रदान गरिएको हो। अहिले चलिरहेको शीतलहरका कारण अत्यन्त कष्टकर जीवन बिताइरहेका परिवारलाई केही राहत प्रदान गर्ने उद्देश्यले ब्ल्याङ्केट वितारण गरिएको बिर्तामोड छठ सेवा समाजकी अध्यक्ष संगीता रौनियरले बताउनुभयो।
आज एक समारोहका बीच राहत वितरण कार्यक्रम सम्पन्न गरिएको थियो। प्रेमचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम संयोजक मनोज चौधरी ले गर्नुभएको थियो। राजकुमार गुप्ताले कार्यक्रम माथि प्रकाश पार्दै वर्षभरि नै सामाजिक कार्यमा छठ समाज लागि परेको बताउनुभयो। यस अघि झापाकाे मानव सेवा आश्रम र चन्द्रगढी स्थित नेपाली सेनाको गणमा निःशुल्क आँखा परीक्षण गरिएको जानकारी दिनुभयो। यो वर्षभरि नै अन्य विभिन्न ठाउँहरूमा यस्तै गतिविधि गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। कार्यक्रममा सत्यनारायण चौधरी, सोही वडाका वडा अध्यक्ष राजकुमार यादव, सदस्य कमलबहादुर लिम्बु, नरेश भगत ,जनार्धन शाह,कन्हैया भगत,प्रमोद चोधरी,मनोज भगत,छठ युवा फ्रन्ट का अध्यक्ष अमरजित शाह लगायतको आतिथ्यता रहेको थियो।

राहत वितरण कार्यक्रम मनोज रौनियारको संयोजनमा भएको थियो। राहत वितरण कार्यक्रम समाजका महासचिव अशोक चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो।































































