विर्तामोड, पुस २८ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २० औँ स्थापना दिवस झापामा विविध सामाजिक तथा शैक्षिक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ । सोमबार गोलोक गोवर्धन गौशालाको सभाहलमा आयोजित कार्यक्रममा संस्कृत शिक्षा र पठन संस्कृतिको प्रवद्र्धनलाई केन्द्रमा राख्दै उल्लेखनीय योगदान गरिएको महासंघ झापाले जनाएको छ । स्थापना दिवसको अवसरमा झापाको गोलोक गोवर्धन गौशालाका ३८ जना कर्मचारी तथा श्री सताक्षी गुरुकुलका ४५ जना विद्यार्थीलाई संस्कृतका पुस्तक, स्टेशनरी सामग्री र खेलकुदका सामग्री वितरण गरिएको थियो । यस किसिमको सहयोगले संस्कृत शिक्षा र अनुशासनयुक्त जीवनशैली प्रवद्र्धनमा टेवा पुग्ने आयोजकहरूको विश्वास छ । महासंघ झापाले यसअघि पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको छ । १८ औँ स्थापना दिवसमा झापा कारागारका बन्दीहरूको पठन संस्कृतिको विकासका लागि पुस्तक र खेलकुद सामग्री प्रदान गरिएको थियो भने १९ औँ स्थापना दिवसमा फरक क्षमता भएका विद्यार्थीहरूलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो । निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएको झापा शाखाको यो पहललाई महासंघको केन्द्रिय समितिले उच्च मूल्याङ्कन गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा केन्द्रका पदेन उपाध्यक्ष जीवन नेपालले झापा जिल्लाले पठन संस्कृतिको विकासका लागि रचनात्मक र प्रभावकारी काम गर्दै महासंघको गरिमा उच्च बनाएको बताए । उनले केन्द्र र प्रदेशस्तरबाट निरन्तर सम्मान पाउनु झापाको सक्रियता र प्रतिबद्धताको प्रमाण भएको उल्लेख गरे । ‘झापा अन्य जिल्लाको तुलनामा संगठनको हितमा अग्रसर र उदाहरणीय रूपमा अघि बढिरहेको छ,’ उनले भने । केन्द्रीय सह–कोषाध्यक्ष रविन बरालले पुस्तक व्यवसायी केवल व्यापारमै सीमित नभई समाजप्रति उत्तरदायी बन्दै गएको बताए । उनले ज्ञान, शिक्षा र संस्कृतिको प्रवद्र्धनमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा महासंघ प्रतिबद्ध रहेको स्पष्ट पारे । कार्यक्रमका विशिष्ट अतिथि गोलोक गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष नन्दकिशोर भारद्वाजले संस्कृत विधाका विद्यार्थीलाई जीवनोपयोगी पुस्तक प्रदान गर्नु पुस्तक व्यवसायीको अत्यन्त प्रशंसनीय कार्य भएको बताए । उनले हिन्दु सनातन धर्मको संरक्षण र प्रवद्र्धनमा पुस्तक व्यवसायीहरूको भूमिका अतुलनीय रहेको उल्लेख गरे । कार्यक्रम महासंघ झापाका अध्यक्ष विनोद सापकोटाको सभापतित्वमा तथा सचिव चन्द्रमणि घिमिरेको सहजीकरणमा सम्पन्न भएको थियो । कार्यक्रमले शिक्षा, संस्कार र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउने झापाको प्रयासलाई थप बलियो बनाएको कार्यक्रमका सहभागिले बताएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाकोे निरन्तर सामाजिक योगदानले जिल्लालाई मात्र होइन, समग्र पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघलाई पनि गौरव प्रदान गरिरहेको व्यवसायीले बताएका छन् ।
ताजा
बजाज झ्याम्मै एक्सचेन्ज मेलामा पहिलो दिनमै १४ वटा बाइक एक्सचेन्ज तथा बिक्री
ब्रड पिकका दिवंगत आरोहीको सम्झनामा दीप प्रज्वलन र पानी वितरण
विपत्तिमा परेका नागरिकहरूको सहारा बन्दै साहारा नेपाल साकोस
कुवेतमा इरानी ड्रोन आक्रमणमा परी तेह्रथुम आठराईका सोमकुमार तामाङको मृत्यु
बिर्तामोडमा भीषण आगलागी : तीन घर जलेर नष्ट, तीन घरमा आंशिक क्षति
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
बजाज झ्याम्मै एक्सचेन्ज मेलामा पहिलो दिनमै १४ वटा बाइक एक्सचेन्ज तथा बिक्री
ब्रड पिकका दिवंगत आरोहीको सम्झनामा दीप प्रज्वलन र पानी वितरण
विपत्तिमा परेका नागरिकहरूको सहारा बन्दै साहारा नेपाल साकोस
कुवेतमा इरानी ड्रोन आक्रमणमा परी तेह्रथुम आठराईका सोमकुमार तामाङको मृत्यु
बिर्तामोडमा भीषण आगलागी : तीन घर जलेर नष्ट, तीन घरमा आंशिक क्षति
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा































































