काठमाडौँ : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।
सर्वोच्चले मंसिर ६ गते सरकार र प्रसाईं समर्थकका बीचमा शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्ने सहमति भएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन जारी हुने आदेश गरेको हो।
न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले रजिष्ट्रारको रोहबरमा कागज गराई छोरा निराजन प्रसाईंलाई जिम्मा लगाउन अदालतले भनेको छ।































































