सुनसरीको इटहरीमा पनि जेनजी आन्दोलन हिंसात्मक भएको छ। त्यहाँ प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ।सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध जेनजी पुस्ताले चलाएको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएको थियो। मृतकको पहिचान खुलेको छैन।