तेह्रथुम (तुलसी सिटौला)-


तेह्रथुमको आठराई गाउँपालिका–७ थोक्लुङ नाम्जाङस्थित श्री नाम्जाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडामाथि आफ्नै सहकर्मी शिक्षकलाई जातीय छुवाछुत गरेको आरोप लागेको छ ।

भदौ ११ गते बुधबार विद्यालयमा श्रमदान कार्यक्रममा खानपानको क्रममा प्रधानाध्यापक खतिवडाले सोही विद्यालयकी शिक्षक एलिसा विश्वकर्मालाई दलित भएको कारण देखाउँदै भान्सा वरिपरि जान र खानेकुरा छुन नदिएको आरोप लगाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुम सूचना अधिकृत राजा बाबु ठाकुरले जानकारी दिनुभयो

घटनापछि पीडित विश्वकर्माले जिल्ला प्रहरी कार्यालय तेह्रथुममा जाहेरी दर्ता गरेकी छन्। यस्तै, घटनाको भोलीपल्ट स्थानीय बासी,पीडक तथा पीडित, विद्यालय व्यवस्थापन समिति (विव्यस) र शिक्षकहरू बसेर विवाद समाधान गर्ने प्रयाससमेत गरिएको थियो।पिडकलाई तल्काल पक्राउ गरी अनुसन्धान सुरू गर्ने प्रहरीले जनाएको छ ।