झापा, भदौ ८ । मारवाडी युवा मञ्च बिर्तामोड र मारवाडी युवा मञ्च सिलिगुढीको संयुक्त आयोजनामा नेपालका पाँच सय बढीलाई निःशुल्क कृतिम हात खुट्टा बितरण गरिने भएको छ ।
नेशनल मारवाडी फाउण्डेशनको सहयोगमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क रुपमा कृतिम हात खुट्टा बितरण गरिने भएको हो । उनीहरुलाई सिलिगुढीमा १४ सेप्टेम्वरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै कृतिम हात खुट्टा बितरण गर्न लागिएको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा मारवाडी युवा मञ्च बिर्तामोडका पूर्व महासचिव प्रविण अग्रवालले विशेष कारणले हात खुट्टा गुमाएका जो कोहीलाई निःशुल्क कृतिम हात खुट्टा प्रदान गरिने बताएका छन् । उनीहरुलाई भदौ २९ गते बिर्तामोडस्थित अग्रसेन भवनबाट सिलिगुढीसम्म लाने र कृतिम हात खुट्टा प्रदान गरिएसंगै अग्रसेन भवनसम्म नै ल्याउने ब्यवस्था मिलाइएको अग्रवालको भनाई छ । जसका लागि यातायातको प्रवन्ध गरिएको छ । खान र बस्न समेत मारवाडी युवा मञ्च सिलिगुढीले व्यवस्थापन गरेको उनको भनाई छ ।
दुई वर्षअघि पनि नेपालबाट एक सय भन्दा बढीले यो सेवा लिएका थिए । यस वर्ष कम्तीमा पाँच सय जनालाई सेवा उपलब्ध गराउने लक्ष्य रहेको अग्रवालले बताए ।
पत्रकार सम्मेलनमा मारवाडी युवा मञ्च सिलिगुढीका अध्यक्ष प्रणय गोयल, पूर्व अध्यष मनिष बजाज, कार्यकारिणी सदस्य मिन्टु वजाज, मारवाडी युवा मञ्च बिर्तामोडका पूर्व अध्यक्ष टेकेन्द्र अग्रवाल, उपाध्यक्ष विशाल गोयल लगायत सहभागी थिए ।
कृतिम हात खुट्टा आवश्यक पर्नेहरुले मारवाडी युवा मञ्च बिर्तामोडमा सम्पर्क राख्न सकिने जनाइएको छ । जसका लागि मञ्चका पूर्व महासचिव प्रविण अग्रवाललाई ९८०१४००००५ मा र यज्ञराज अग्रवाललाई ९८०४९४९४४९ मा सम्पर्क गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो
ताजा
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु































































