झापा, भदौ ८ । मारवाडी युवा मञ्च बिर्तामोड र मारवाडी युवा मञ्च सिलिगुढीको संयुक्त आयोजनामा नेपालका पाँच सय बढीलाई निःशुल्क कृतिम हात खुट्टा बितरण गरिने भएको छ ।
नेशनल मारवाडी फाउण्डेशनको सहयोगमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क रुपमा कृतिम हात खुट्टा बितरण गरिने भएको हो । उनीहरुलाई सिलिगुढीमा १४ सेप्टेम्वरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै कृतिम हात खुट्टा बितरण गर्न लागिएको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा मारवाडी युवा मञ्च बिर्तामोडका पूर्व महासचिव प्रविण अग्रवालले विशेष कारणले हात खुट्टा गुमाएका जो कोहीलाई निःशुल्क कृतिम हात खुट्टा प्रदान गरिने बताएका छन् । उनीहरुलाई भदौ २९ गते बिर्तामोडस्थित अग्रसेन भवनबाट सिलिगुढीसम्म लाने र कृतिम हात खुट्टा प्रदान गरिएसंगै अग्रसेन भवनसम्म नै ल्याउने ब्यवस्था मिलाइएको अग्रवालको भनाई छ । जसका लागि यातायातको प्रवन्ध गरिएको छ । खान र बस्न समेत मारवाडी युवा मञ्च सिलिगुढीले व्यवस्थापन गरेको उनको भनाई छ ।
दुई वर्षअघि पनि नेपालबाट एक सय भन्दा बढीले यो सेवा लिएका थिए । यस वर्ष कम्तीमा पाँच सय जनालाई सेवा उपलब्ध गराउने लक्ष्य रहेको अग्रवालले बताए ।
पत्रकार सम्मेलनमा मारवाडी युवा मञ्च सिलिगुढीका अध्यक्ष प्रणय गोयल, पूर्व अध्यष मनिष बजाज, कार्यकारिणी सदस्य मिन्टु वजाज, मारवाडी युवा मञ्च बिर्तामोडका पूर्व अध्यक्ष टेकेन्द्र अग्रवाल, उपाध्यक्ष विशाल गोयल लगायत सहभागी थिए ।
कृतिम हात खुट्टा आवश्यक पर्नेहरुले मारवाडी युवा मञ्च बिर्तामोडमा सम्पर्क राख्न सकिने जनाइएको छ । जसका लागि मञ्चका पूर्व महासचिव प्रविण अग्रवाललाई ९८०१४००००५ मा र यज्ञराज अग्रवाललाई ९८०४९४९४४९ मा सम्पर्क गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो
ताजा
बिर्तामोडमा भीषण आगलागी, क्यान्टिनमा काम गर्ने ६५ वर्षीय वृद्धको जलेर मृत्यु
महा नवमीमा पाथिभरा मन्दिरमा छठ समाजसेवा समितिको भण्डारा, हजारौँ भक्तजनले ग्रहण गरे प्रसाद
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा कार्यक्रम सुरु
नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षको झापा २ मा अधिवेशन सम्पन्न
मेचीलाई स्तब्ध पार्दै बिर्तामोड भेट्रान सेमिफाइनलमा
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा द्वारा बाढी पीडितका लागि १० लाख सहयोग
नियमित महाधिवेशन पक्षले पनि थाल्यो झापामा वडा अधिवेशन