बिर्तामोड, झापा । वातावरण संरक्षण र हरियाली विस्तार गर्ने उद्देश्यका साथ विर्तामोड ३ र ९ मा पर्ने आदर्श चोक देखी काली मन्दिर सम्म वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाको प्रमुख अतिथि ,विशिष्ट अतिथि जिल्ला वन कार्यालय झापाका प्रमुख जीवन पाठक विशिष्ट अतिथि वडा नं. ३ का वडा अध्यक्ष मदन बुढाथोकी, विशिष्ट अतिथि वडा नं. ९ का वडा अध्यक्ष हरी चौलागाई,अतिथि नगर कार्यपालिका सदस्य सँगिता सिवा र अतिथि नापी कार्यालय भद्रपुरका कर्मचारी दीपक पाण्डे को सहभागिता थियो ।
कार्यक्रमको प्रमुख आयोजक नव आदर्श टोल विकास संस्था विर्तामोड–९ तथा काली मन्दिर पञ्चायन समिति रहेका थिए । कार्यक्रममा बोल्दै नव आदर्श टोल विकाश संस्थाका अध्यक्ष प्रकाश आचार्यले “आज रोपिएको यो बिरुवा हाम्रो भविष्यको लागि लगानी हो । सबैले एक–एक बिरुवा रोपे भने हाम्रो टोल मात्र होइन, पूरै समाज हराभरा हुनेछ "
संस्थाका सदस्य संजय पौड्यालले पहिलो चरणमा आदर्श चोक, विर्तामोड–३ बाट सुरु गरी काली मन्दिरसम्म वृक्षारोपण सम्पन्न गर्ने र आगामी चरणमा विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिए । संस्थाका सदस्य पुष्प राज आचार्यले वातावरण प्रदूषण नगरी हरेक नागरिकले आफ्नो टोललाई हरियाली बनाउन योगदान दिनुपर्नेमा जोड दिए ।
समाजसेवक कुमार दाहालले यस्ता गतिविधिले युवाहरूमा प्रेरणा जगाउने र समाजमा सकारात्मक ऊर्जा फैलाउने बताए ।यसैगरी, संस्थाका सचिव कृष्ण बी.के.ले टोलमा बिजुली बत्ती र सीसी क्यामेरा जडान गर्ने योजना रहेको जानकारी दिँदै सुरक्षासँगै विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।
काली मन्दिर पञ्चायन समितिका अध्यक्ष युवराज रोक्काले वृक्षारोपणलाई धार्मिक, सामाजिक र वातावरणीय दृष्टिले महत्वपूर्ण कार्य भन्दै “विरुवा रोप्नु मात्र नभई यसको संरक्षण गर्नु सबैको कर्तव्य हो” भन्ने धारणा व्यक्त गरे । साथै, उहाँले कार्यक्रमका लागि आवश्यक बिरुवा उपलब्ध गराउने विशेष पहल समेत गर्नुभएको थियो ।कार्यक्रम विशेष सहयोग उपाध्यक्ष रविन बुढाथोकीको रहेको थियो।
यसैबीच, कार्यक्रममा सक्रिय सहभागिता जनाएका विर्तामोड नगर प्रहरीलाई टोलवासीहरूले विशेष धन्यवाद प्रकट गरेका छन् ।बिर्तामोड ३ र बिर्तामोड ९ स्थानीय बासिन्दाहरूले वृक्षारोपणमा सक्रियका साथ भाग लिँदै सहयोग गर्नुभएको थियो।



























































