तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं १ सक्रान्ति बजार लिसिबुङमा मोटर साइकल दुर्घटना हुँदा दुइ जना घाइते भएका छन ।
सोमबार बेलुका करिब ७ः३० बजे मध्य पहाडी लोकमार्ग अन्तर्गत सक्रान्ति बजार देखि डॉडागाउँ तर्फ जादै गरेको मे ९ प ४३७७ नम्बरको मोटरसाइकल सुँगुर संग ठोकिदा अनियन्त्रित भइ दुइ जना घाइते भएका छन भने सुँगुरको मृत्यु भएको छ ।
घाइते हुनेहरूमा रौतहट जिल्ला चन्द्र निगापूर १ घर भइ आठराई गाउँपालिकाका जेसिबि अपरेटर वर्ष २६ का विपिन भनेर चिनिने रोशन चौरेल र आठराई गाउँपालिका वडा नं ६ चुहानडॉडा घर भएका पालिकाको ट्रयाक्टर चालक पासाङ नामले चिनिने वर्ष ३२ का युवराज घिसिङ रहेको इलाका प्रहरी कार्यालय सक्रान्ति बजारले जानकारी दिएको छ ।
घाइतेहरूको तत्काल उद्धार गरी जिल्ला अस्पताल पॉचथर पठाइएको थियो । घाइते पासाङ सामान्य उपचार पछि घर फर्किएका छन भने विपिनको देव्रे कुममा गहिरो चोट लागेकोले उपचार भइ रहेको प्रहरीले जनाएको छ ।
✍️Tulsi Sitoula



























































