बिर्तामोड । झापाको बाह्रदशीमा मोटरसाइकल र स्कुटर आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ । बुधबार भएको दुर्घटनामा परी स्कुटर चालक कचनकवल-३ बस्ने बर्ष ६० को श्री प्रसाद राजबशी र नाम थर वतन नखुलेको मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार दिउँसो अन्दाजी ३:४० बजेको समयमा बाह्रदशी-१ खैरबारी स्थित भित्री सडक खण्डमा राजगढबाट कुटी तर्फजादै गरेको बिआर३७एजेड नम्बरको भारतीय मोटरसाइकल र बिपरीत दिशावाट आउदै गरेको प्र.१-०१-०१६ प ९२७० नम्बरको स्कुटर ठक्कर खाई दुर्घटना उनीहरू गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएकोमा ४:४० बजे दुबै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
स्कुटरको पछाडी सवार मृतककी बुहारी बर्ष २७ कि उर्मिला राजबशी घाईते र निजकै छोरा बर्ष ३ को आयुष राजबशी समेत घाईते भएकोले उपचारको लागि बिएण्डसी अस्पलाल बिर्तामोड पठाईएको प्रहरीले जनाएको छ । उनीहरूको समेत अवस्था गम्भीर बोल्न नसक्ने रहेको, दुबै सवारी साधन इलाका प्रहरी कार्यालय राजगढको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
ताजा
बिर्तामोडमा भीषण आगलागी, क्यान्टिनमा काम गर्ने ६५ वर्षीय वृद्धको जलेर मृत्यु
महा नवमीमा पाथिभरा मन्दिरमा छठ समाजसेवा समितिको भण्डारा, हजारौँ भक्तजनले ग्रहण गरे प्रसाद
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा कार्यक्रम सुरु
नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षको झापा २ मा अधिवेशन सम्पन्न
मेचीलाई स्तब्ध पार्दै बिर्तामोड भेट्रान सेमिफाइनलमा
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा द्वारा बाढी पीडितका लागि १० लाख सहयोग
नियमित महाधिवेशन पक्षले पनि थाल्यो झापामा वडा अधिवेशन