बिर्तामोड । झापाको बाह्रदशीमा मोटरसाइकल र स्कुटर आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ । बुधबार भएको दुर्घटनामा परी स्कुटर चालक कचनकवल-३ बस्ने बर्ष ६० को श्री प्रसाद राजबशी र नाम थर वतन नखुलेको मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार दिउँसो अन्दाजी ३:४० बजेको समयमा बाह्रदशी-१ खैरबारी स्थित भित्री सडक खण्डमा राजगढबाट कुटी तर्फजादै गरेको बिआर३७एजेड नम्बरको भारतीय मोटरसाइकल र बिपरीत दिशावाट आउदै गरेको प्र.१-०१-०१६ प ९२७० नम्बरको स्कुटर ठक्कर खाई  दुर्घटना उनीहरू गम्भीर घाइते भएका थिए ।  उनीहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएकोमा  ४:४० बजे दुबै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
स्कुटरको पछाडी सवार मृतककी बुहारी  बर्ष २७ कि उर्मिला राजबशी घाईते र निजकै छोरा बर्ष ३ को आयुष राजबशी समेत घाईते भएकोले उपचारको लागि बिएण्डसी अस्पलाल बिर्तामोड पठाईएको प्रहरीले जनाएको छ । उनीहरूको समेत अवस्था गम्भीर बोल्न नसक्ने रहेको,  दुबै सवारी साधन इलाका प्रहरी कार्यालय राजगढको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।