दमक
हिजो साँझ ७ बजेको समयमा झापाकाे दमक पशुहाटडाडा स्थित पुर्व पश्चिम लोकमार्गमा दमकबाट केर्खा तर्फ जादै गरेको मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र केर्खाबाट दमक तर्फ आउदै गरेको प्र.१-०२-०५२ प. २२११ नम्बरको मोटरसाइकल एकआपसामा ठक्कर खाई दुर्घटना भएकोमा मोटरसाइकल चालक जिल्ला दमक न.पा. वडा न.४ बस्ने बर्ष ३६ को मिलन थापा गम्भिर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी उपचारको लागि आर्य न्युरो अस्पताल बिराटनगरमा लगिएकोमा उपचारको क्रम्मा राति ८:३० बजे बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । बस चालक झापा गौरादह न पा.४ बस्ने बर्ष ३२ को सरकार टुडु, र दुबै सवारी साधन इप्रका दमकले नियन्त्रणमा लिएकाे छ ।