बिर्तामोड । बालिका बलात्कार अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी धरौटी रकम जम्मा गरेर रिहा भएका छन् । शिवाकोटीलाई धरौटीमा रिहा गर्न उच्च अदालत विराटनगर, इलाम इजलासले वैशाख २५ गते नै आदेश दिएको भए पनि शिवाकोटी आइतबार धरौटी जम्मा गरेर रिहा भएका हुन् ।
शिवाकोटीले २० लाख नगदै धरौटी जम्मा गरेर रिहा भएको जिल्ला अदालत झापा स्रोतले जनाएको छ । बिहीबार आदेश ढिलो आएको शुक्रबार कानुन दिवस र शनिबार सार्वजनिक विदा परेका कारण शिवाकोटी आइतबार मात्र रिहा भएका हुन् ।
आफ्नै घरमा काम गर्न राखेको बालिकालाई पटकपटक बलात्कार गरेको अभियोगमा २०८१ मङ्सिर २४ गते पक्राउ परेका शिवाकोटी स्वास्थ्यको कारण देखाउँदै पक्राउ परेकै दिनदेखि बिएण्डसी अस्पतालको क्याबिनमा बस्दै आएका थिए ।
शिवाकोटीलाई जिल्ला अदालत झापाले पूर्पक्षमा राखेर अनुसन्धान गर्नु भन्दै २०८१ पुष २२ गते आदेश दिएको थियो । जिल्ला अदालत झापाको आदेश पछि बेरितको आदेश बदर गरी पाउँ भन्दै शिवाकोटी २०८१ माघ २० गते उच्च अदालत गएका थिए । शिवाकोटीको निवेदन उपर सुनुवाई गर्दै २०८२ वैशाख २५ गते किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको संयुक्त इजलासले २० लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।
ताजा
बिर्तामोडमा भीषण आगलागी, क्यान्टिनमा काम गर्ने ६५ वर्षीय वृद्धको जलेर मृत्यु
महा नवमीमा पाथिभरा मन्दिरमा छठ समाजसेवा समितिको भण्डारा, हजारौँ भक्तजनले ग्रहण गरे प्रसाद
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा कार्यक्रम सुरु
नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षको झापा २ मा अधिवेशन सम्पन्न
मेचीलाई स्तब्ध पार्दै बिर्तामोड भेट्रान सेमिफाइनलमा
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा द्वारा बाढी पीडितका लागि १० लाख सहयोग
नियमित महाधिवेशन पक्षले पनि थाल्यो झापामा वडा अधिवेशन