उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा एक जना कानुन अधिकृतको मृत्यु भएको छ। घटनामा ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा झापा दमक नगरपालिकाका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत रहेका छन्। उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन्। आज दिउँसो ४ बजेतिर कटारी नगरपालिका-६ सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा चितवनबाट झापातर्फ जाँदै गरेको मे१च ३०४० नम्बरको स्कोर्पियो गाडी आफैं अनियन्त्रित भई सडक साइडमा लगाएको फलामको ट्रस्ट बेरियरमा ठोकिएको थियो। घाइते हुनेमा सवारी चालक झापाको दमक नगरपालिका-९ का ३८ वर्षीय देवेन्द्र तामाङ, वडा नम्बर १० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, वडा नम्बर १ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, वडा नम्बर ६ का ५४ वर्षीय कमल श्रेष्ठ, वडा नम्बर २ का ३८ वर्षीय नबिन खतिवडा र गौरादह नगरपालिका-१ का ५४ वर्षीय भुवन दाहालको रहेका छन्। घाइतेको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको छ।
ताजा
चन्द्रगढी गोल्डकपमा चर्च ब्वाइजलाई स्तब्ध पार्दै एपीएफ फाइनल प्रवेश
आर्मी सामु पुलिस स्तब्ध
नागरिक अधिकार र राज्यको सीमा विषय रेडियोभिजनको कार्यक्रम
चन्द्रगढी महिला गोल्डकपमा आयोजकलाई स्तब्ध पार्दै पुलिसकाे शानदार जित
पत्रकारसँग राइनोज एजुकेसन सर्भिसको एआई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
चन्द्रगढी महिला गोल्डकपमा चर्च ब्वाइजसामु स्तब्ध बन्दै भुटान घर फर्कियो।
वीरगञ्जमा डोजर आतंक : ‘सरकारको दादागिरी शैली’—उमेश डालमिया
चन्द्रगढी महिला गोल्डकपमा रचना रिमालको प्रस्तुति रहने