उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा एक जना कानुन अधिकृतको मृत्यु भएको छ। घटनामा ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा झापा दमक नगरपालिकाका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत रहेका छन्। उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन्। आज दिउँसो ४ बजेतिर कटारी नगरपालिका-६ सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा चितवनबाट झापातर्फ जाँदै गरेको मे१च ३०४० नम्बरको स्कोर्पियो गाडी आफैं अनियन्त्रित भई सडक साइडमा लगाएको फलामको ट्रस्ट बेरियरमा ठोकिएको थियो। घाइते हुनेमा सवारी चालक झापाको दमक नगरपालिका-९ का ३८ वर्षीय देवेन्द्र तामाङ, वडा नम्बर १० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, वडा नम्बर १ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, वडा नम्बर ६ का ५४ वर्षीय कमल श्रेष्ठ, वडा नम्बर २ का ३८ वर्षीय नबिन खतिवडा र गौरादह नगरपालिका-१ का ५४ वर्षीय भुवन दाहालको रहेका छन्। घाइतेको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको छ।
ताजा
बिर्तामोडमा भीषण आगलागी, क्यान्टिनमा काम गर्ने ६५ वर्षीय वृद्धको जलेर मृत्यु
महा नवमीमा पाथिभरा मन्दिरमा छठ समाजसेवा समितिको भण्डारा, हजारौँ भक्तजनले ग्रहण गरे प्रसाद
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा कार्यक्रम सुरु
नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षको झापा २ मा अधिवेशन सम्पन्न
मेचीलाई स्तब्ध पार्दै बिर्तामोड भेट्रान सेमिफाइनलमा
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा द्वारा बाढी पीडितका लागि १० लाख सहयोग
नियमित महाधिवेशन पक्षले पनि थाल्यो झापामा वडा अधिवेशन