बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको पद हस्तान्तरण सम्पन्न भएको छ । पुष १३ गते सम्पन्न जिल्ला अधिवेशनबाट पुष्प खड्का नेतृत्वको टिमलाई पद हस्तान्तरण गरिएको हो ।
निवर्तमान अध्यक्ष राजु पाठकले वर्तमान अध्यक्ष खड्कालाई माइन्युट हस्तान्तरण गरेका थिए ।
सोहि कार्यक्रमका बिच सुखानी सन्देश बिषेशांकको बिमोचन गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा (जुगल), विशिष्ट अतिथी नेकपा माओवादी केन्द्का केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रञ्जित तामाङ, जिल्ला संयोजक राजु आचार्य अग्नी, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, नेपाल प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, प्रेस चौतारी नेपाल झापा अध्यक्ष प्रदिप परियार, सुखानी सन्देशका सम्पादक चुडामणि वशिष्ठलगायतले म्यागजिनको विमोचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सापकोटाले सहिदले अपेक्षा गरेको सपना र देशमा विद्यमान उपलब्धिलाई पुर्णता दिन पत्रकारिता क्षेत्रले मुख्य भुमिका खेल्नुपर्नेमा जोडदिएका थिए । सुखानीका सहिदहरुको बलिदानीले वर्तमान युगसम्म आउन ठूलो भूमिका खेलेको उनले उल्लेख गरे । उनले प्रेस सेन्टर झापाको नयाँ नेतृत्वको सफल कार्यकालको शुभकामना दिए ।
कार्यक्रमका विशिष्ट अतिथी माओवादी केन्द्रका जिल्ला इन्चार्ज रन्जित तामाङ, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री झलकशिह दर्लामी सन्देश, प्रदेश उपाध्यक्ष एवम् घाइते प्रतिष्ठान १ नम्बर प्रदेशका प्रदेश अध्यक्ष विजय साम्पाङ, विशेष अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, सुखानी सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष बिपिनकुमार चौहानलगायतले सहिदको सपनालाई साकार पार्न सञ्चार सम्बद्ध संस्थाहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका थिए ।
पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले बिशेषांकको बारेमा चर्चा गरेको कार्यक्रममा सुखानी सन्देशका सम्पादक चुडामणि बशिष्ठले विशेषांक प्रकाशनको बिषयमा जानकारी गराएका थिए ।
पुष्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सन्तोष शर्माले स्वागत तथा सचिव प्रकाश उप्रेतीले सञ्चालन गरेका थिए ।



























































