तीव्र सहरीकरणका कारण बिर्तामोडमा दिनप्रतिदिन जमिन खण्डीकरण हुने क्रम बढ्दै गएपछि सार्वजनिक कार्यक्रम गर्न जमिन अभाव हुँदै गएको छ। बिर्तामोड ४ स्थित शिवालय मन्दिरले सार्वजनिक र व्यक्तिगत विवाह वर्तमन्द पूजा आदि कार्यक्रम गर्ने उद्देश्यले श्री रुपेश्वर शिवपाञ्चायन मन्दिरले सार्वजनिक पुराणको आयोजना गरेको छ।
बिर्तामोडमा घर भएका व्यक्तिले आँगन समेत राख्ने ठाउँ नभई घर निर्माण गरेपछि विवाह वर्तबन्द पुराण आदि कार्य गर्न पार्टी प्यालेससम्म महँगो पैसा तिरेर जानुपर्ने बाध्यता रहेको छ। यसै कुरालाई मध्यनजर गरी यही फागुन ८ गतेबाट महापुराणको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परसाईले बताए ।
स्थानीय स्वर्गीय छविलाल प्रसाई र उहाँकी धर्मपत्नी खगमाया पर्साईले उपलब्ध गराएको साढे ११ धुर जमिनमा मन्दिर निर्माण गरी विभिन्न कार्य गर्दै आएको मन्दिरले पुराणपछि १३ धुर जमिन खरिद गरी कार्यक्रम स्थल फराकिलो पार्ने उद्देश्य लिएको छ।
हाल आनन्दगंज कीर्तन मण्डलीले सो मन्दिरको सम्पूर्ण व्यवस्थापनको कार्य गर्दै आएको छ। सो कृतन मण्डलीले विवाह वर्तमानन्द पूजाआजा र मन्दिरमा चाहिने सम्पूर्ण सामग्री खरिद गरी उपलब्ध गराउँदै आएको छ। पुराण सम्पन्न गरी बचत रकमले जग्गा खरिद गरी सम्पूर्ण सार्वजनिक कार्यक्रम मन्दिर परिसरमै सम्पन्न गर्ने उद्देश्य लिएको मन्दिर व्यवस्थापन समितिका सदस्य छवि तिवारीले बताएका छन्।
श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पण्डित ख्यामनाथ रिजालले कथा वाचन र उपवाचक रुपेश दाहाल रहने जनाईएकाे छ । यही फागुन ८ गते कलश यात्रा गरी बिर्ता बजार स्थित दुर्गा मन्दिर परिसर परिक्रमा गरी कथावाचनको शुभारम्भ गरिने जनाइएको छ।