झापा । तीब्र गतिका कारण दुर्घटना गराउँदै आएका सार्वजनिक सवारीसाधनका चालकहरुले टाइमकार्ड बुझ्दै सुरक्षित सडक र सवारीको सुनिश्चिताको लागि जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।आजदेखि झापामा लागु भएको टाइमकार्ड लिँदै उनीहरुले ९ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । आफू जिम्मेवार सवारी चालक भएर यात्रुहरु र अन्य सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्ने ,सदैब ट्राफिकसम्वन्धी प्रचलित कानून, नियम र सडक अनुशासनको पूर्ण पालना गर्ने , आफ्नो सवारीसाधनको महत्वपूर्ण पक्ष ब्रेक, टायर, लाइट आदिको नियमित निरीक्षण र मर्मत सम्भार गर्ने , थकान र निन्द्राले प्रभावित भएको अवस्थामा सवारीसाधन नचलाउने , लेन अनुशासनको पूर्ण रुपमा पालना गर्ने र निर्धारित गतिमा सवारी चलाउने , जेव्रा क्रसिङमा सदैव पैदल यात्रुलाई प्राथमिकता दिने , ओभरटेक गर्दा सुरक्षित स्थानमा दाहिने तर्फबाट गर्ने , सवारी चलाउँदा मोबाइल फोनलगायत ध्यान अन्यत्र मोडिने गतिविधि नगर्ने र मादक पदार्थ, लागूपदार्थलगायत कानूनले वर्जित गरेका वस्तुहरु सेवन नगर्ने उनीहरुले प्रतिवद्धता जनाएका हुन् ।
ताजा
बिर्तामोडमा भीषण आगलागी, क्यान्टिनमा काम गर्ने ६५ वर्षीय वृद्धको जलेर मृत्यु
महा नवमीमा पाथिभरा मन्दिरमा छठ समाजसेवा समितिको भण्डारा, हजारौँ भक्तजनले ग्रहण गरे प्रसाद
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा कार्यक्रम सुरु
नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षको झापा २ मा अधिवेशन सम्पन्न
मेचीलाई स्तब्ध पार्दै बिर्तामोड भेट्रान सेमिफाइनलमा
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा द्वारा बाढी पीडितका लागि १० लाख सहयोग
नियमित महाधिवेशन पक्षले पनि थाल्यो झापामा वडा अधिवेशन