पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । म्याद थपका लागि आज उपस्थित गराइएका रविलाई भीमलाल बेलबासेको इजलासले १५ दिनको म्याद थपको अनुमति दिएको हो ।
यसअघि कार्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएलगत्तै आज फेरि लामिछानेलाई अदालत उपस्थित गराइएको थियो ।
लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ ।