बुट्टाबारी युनाइटेड क्लबले विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेको छ ।
क्लबले २०८१ सालको देउसीभैलो कार्यक्रमको केही रकमबाट बिर्तामोड नगरपालिका वडा नं.६ मा अवस्थित सरस्वती माध्यमिक विद्यालयका ११६ जना विद्यार्थीलाई स्वेटर प्रदान गरेको हो ।
क्लबका अध्यक्ष हिमाल कन्दङ्गवाको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड-६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्गवा रहेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश कन्दङ्गवा, वडा सदस्य खेमनाथ अधिकारी, गिता शर्मा रेग्मी, विद्यालयका प्रधानाध्यापक दिपक लुइँटेल, क्लबका लेखा समिति संयोजक विष्णुप्रसाद पोखरेल, सल्लाहकार जगतकुमार राई, राकेश पुरी, बसन्त राई, आशिष वन लगायतको आतिथ्य रहेको थियो ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्गवा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश कन्दङ्गवा, वडा सदस्य खेमनाथ अधिकारी, विद्यालयका प्रधानाध्यापक दिपक लुइँटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्लबका वरिष्ठ उपाध्यक्ष मरिचमान राईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रबिन राईले गरेका थिए ।



























































