फिदिम। पाँचथरको हिलिहाङ गाउँपालिका ६ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चालकसहित दुई जना घाइते भएका छन् ।

हिलिहाङ २ सिंगापुरदेखि गोलिया लिएर झापा हिँडेको ना ४ ख ७१२३ नम्बरको ट्रक अनियन्त्रित भएर सडकदेखि करिब ५० मिटर तल खस्दा त्यसमा सवार पाँचथरको हिलिहाङ ३ निवासी भवानी शंकर पौडेलको घट्नास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा इलाम सुर्योदय नगरपालिका १२ घर भएका ५२ वर्षीय तेजबहादुर दाश र ट्रक चालक झापा चारपाने निवासी ४० वर्षीय राजकुमार बस्नेत घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक बेनिलाल साहले जानकारी दिनुभयो।