काठमाडौँ : भारतमा फैलिएको बम आतंक काठमाडौँमा पनि सुरु भएको छ। आज पनि फेरि जहाजमा बम रहेको हल्लाले काठमाडौँस्थित त्रिभुवन विमानस्थल प्रभावित बन्न पुगेको छ। यो नेपालका लागि भने दोस्रो पटक फैलिएको आतंक हो। 

काठमाडौँबाट दिल्ली उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले जाँच गरिरहेको  छ।

सोमवार २:४१ बजे अवतरण गरी फर्किने तयारीमा रहेको उक्त जहाजमा बम रहेको भन्दै भारतबाट सूचना आएपछि जाँच थालिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

६ दिन अघि दिल्लीबाट आएको भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो।