तेह्रथुमको आठराई गाउँपालिका वडा नं ७ थोक्लुङमा अरीङगालको टोकाईबाट बिहीबार बिहान एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा थोक्लुङ खनालगाउँका शान्तिराम श्रेष्ठ रहेका छन । 


बुधबार बेलुका नजिकैको गाउँ याङख्वामा अरीङगाल काड्ने क्रममा धेरै अरीङगालले टोकेपछि तत्काल उनलाई उपचारका लागि जिल्ला अस्पताल पॉचथर पुर्याइएको थियो । पॉचथरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापा लाने क्रममा फिदिमको लालिखर्कमा नपुग्दै बिहीबार बिहान करीब २ बजे श्रेष्ठको मृत्यु भएको उपचारका लागि गएका धन बहादुर श्रेष्ठले जानकारी दिए । मृतक शान्तिरामको शव पोष्माटमका लागि जिल्ला अस्पताल पॉचथरमा राखिएको बताइएको छ ।