बिर्तामाेड । दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाईले आत्महत्या गरेका छन् । बिर्तामाेड-१ मा नरेन्द्र मैनालीकाे घरमा गएर शुक्रबार बिहान प्रसाईले आत्महत्या गरेका हुन् । 

उनी लामाे समयसम्म बिर्तामाेडकाे बिएण्डसी हस्पिटलका सञ्चालकमध्येका एक रहेका थिए । उनी, दुर्गा प्रसाई र बुद्वशान्तिका प्रेम नेम्वाङकाे सक्रियतामा बिएण्डसी स्थापना भएकाे थियाे । नेम्वाङ् र मृतक प्रसाई केही समय पहिला नै हस्पिटलबाट बाहिरिएका थिए । 

सुरुमा जमिनकाे काराेबार गर्ने उनी हस्पिटलबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा खासै देखिन छाेडेका थिए । उनी २ बर्षदेखि गुमनाम रहेका प्रसाईले आत्महत्या गरेका हुन् ।