दुधे, जेठ २१ ।

नेकपा एमाले शिवसताक्षी नगर कमिटीको हालै निर्वाचित नयाँ नेतृत्वले सोमबार एक भव्य कार्यक्रमका विच पद तथा गोपनियताको सफत ग्रहण गरेको छ । सोही कार्यक्रममा निर्वाचन समितिले पदाधिकारी तथा नगर समितिका सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र पनि प्रदान गरेको छ । 

निर्वाचन समितिका संयोजक बेनु कार्कीले निर्वाचित सर्बैलाई पद तथा गोपनियताको सफत ग्रहण गराएका थिए । यस्तै शिवसताक्षी नगरको दोश्रो नगर अधिवेसनको बन्द सत्रको अध्यक्ष मण्डलका अध्यक्ष नेकपा एमालेकी केन्द्रिय सदस्य मेनुका काफ्ले, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ४ का पार्टी ईन्चार्ज चन्द्रकुमार शेर्मा लगायतले निर्वाचित सबैलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

received_1122885845656375

शिवसताक्षी नगरमा गएको जेठ १० र ११ गते नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो । सो निर्वाचनको मत परिणाम अनुसार अध्यक्ष पदमा मेदनी दंगाल, उपाध्यक्षमा विष्णु प्रसाईँ, सचिवमा लक्ष्मी गुरागाईँ, उपसचिव सागर थुलुङ राई र महिला उपसचिवमा कल्पना ढकाल चौलागाईँ निर्वाचित भएका थिए । सफत ग्रहण कार्यक्रममा उपसचिव सागर थुलुङराई अस्वस्थका कारण उपस्थित हुन सकेनन् ।

दोस्रो नगर सभाबाट खुल्ला र भुगोल तथा आरक्षण कोटाबाट ७५ जना नगर कमिटी निर्वाचित भएका थिए । यस्तै ७ सदस्यीय लेखा समितिले पनि पद तथा गोपनियताको सफत सहित पार्टीको नगर समितिमा निर्वाचित भएको प्रमाण पत्र प्राप्त गरेका थिए ।

नगर सभाको अध्यक्ष मण्डलका अध्यक्ष समेत रहेकी  नेकपा एमालेका केन्द्रिय सदस्य मेनुका काफ्लेको अध्यक्षतामा दुधे स्थित आदिबासी जनजाती सामुदायिक सभा हलमा सम्पन्न कार्यक्रममा अध्यक्ष मेदनी दंगालले प्रतिवद्धता मन्तव्य राखेका थिए ।

उनले शिवसताक्षी नगरमा पार्टी सदस्यताको अस्तव्यस्त अवस्थालाई तत्काल व्यवस्थित गरिने बताए । ‘मेरो नेतृत्वको नगर कमिटीको पहिलो काम भनेको पार्टी सदस्यता विस्तार र त्यसलाई व्यवस्थित हो,’ उनले भने । 

पार्टी र जन संगठन अथवा पार्टीका विभिन्न मोर्चा संगको समन्वयकारी भुमिकामा शिवसताक्षी नगरलाई जिल्लामा अब्वल पार्टी नेतृत्वमा रुपमा स्थापित गर्नु आफ्नो पहिलो दायित्व भएको उनले बताएका छन् । पार्टीलाई विधि, पद्धती र अनुसाशनमा डोर्याउदै सुढृढ र एकताबद्ध पार्टी कमिटी निर्माणको लागि आफ्नो नेतृत्वको पार्टी पदावधिभर सक्रिय रहने उनले बताए । 

कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य मेनका काफ्ले, प्रदेश कमिटी सदस्य गजेन्द्र ताम्ली र नेकपा एमाले निर्वाचन परिचालन समितिका केन्द्रिय सचिव हर्कराज राईले पार्टी कमिटीलाई मिसन ०८४ का लागि आजैदेखि लागि पर्न सु्झाएका थिए । कार्यक्रम निर्वाचन परिचालन समितिका सदस्य श्रीप्रसाद खरेलले संचालन गरेका थिए ।