तुलसी सिटौला तेह्रथुम

गएरातिको अविरल वर्षाका कारण पहिरो जॉदा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं २ किन्जास्थित एकै परीवारका ४ जनाको मृत्यु भएको छ ।

फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको बुवा , आमा र २ जना बहिनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डि.एस.पि.  रवि रावलले जानकारी दिनुभयो । घर माथीबाट आएको पहिरोले घर बगाएको थियो । गाउँपालिकाका अध्यक्ष राजन लिम्बूकाअनुसार पहिरोमा पुरिएर ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाया र उहाँहरुका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको ज्यान गएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीया छोरी घाइते हुनुभएको

बाढीले तमोर करिडोरका दुईसहित ६ वटा पुल बगाएको गाउँपालिकाका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।  प्रहरी घटना स्थलमा पुगी  सकेको र  थप क्षति हुन नदिन उद्वारको काम भइरहेको रावलले बताउँनुभयो ।