बिर्तामोड । कालोपत्रे गरेको एक सातामै सैनिकमोड– सैनिकबजार सडक भत्किएको छ । ठेकेदारले गुणस्तरहीन सडक बनाइदिएको भन्दै उपभोक्ताहरु आक्रोशित भएका छन् ।सैनिकमोडदेखि केही दक्षिणपट्टी ढुंगाना हार्डवेयर अगाडि कालोपत्रे सडक भत्किएको हो । जुन एक साताअगाडि निर्माण गरिएको थियो । ठेकेदारले गुणस्तरहीन सडक बनाइदिएकाले एक सातामै भत्किएको सतानु– सैनिकमोड टोल विकास संस्थाका अध्यक्ष चिरञ्जीवी ओलीले बताए । उनले त्यसबारे सडक डिभिजन कार्यालय दमकमा जानकारी गराइसकेको बताए ।

सो सडक खनाल शान्ति जेभीले निर्माण गरेको हो । सैनिकमोडदेखि ४ किलोमिटर दक्षिण सैनिकबजारसम्म ५ करोड २४ लाख ४१ हजार ३९५ रुपैयाँमा ठेक्का पाएको थियो । उपभोक्ताहरुको चर्को दबाबपछि सो सडक ठेकेदारले निर्माण गरेको थियो ।