तेह्थुमको आठराई गाउँपालिका वडा नं १ सक्रान्तिबजार पुरानागाउँका अग्नि पिडितलाई आठराई गाउँपालिकाले आइतबार  राहत प्रदान गरेको छ । 

आठराई गाउँपालिका  अध्यक्ष दिलकुमार पाहिम,  उपाध्यक्ष वलीराज ईङ्नाम, वडा नं १ का वडाध्यक्ष प्रेमराज फोम्बो, वडा नं ३ का वडाध्यक्ष बुद्वी गुरूङ,वडा नं ६ का वजाध्यक्ष कृष्ण प्रसाद बास्कोटा,प्रमुख प्रशासकीय अधिकृत निराद शर्मा, इलाका प्रहरी कार्यालय सक्रान्ति बाजारका प्रमुख बद्री दाहाल, सशस्त्र प्रहरी बल सक्रान्ति शाखा प्रमुख देवेन्द्र मैनाली लगायत स्थानीय बासीहरूको उपस्थितिमा आगलागिबाट बिस्थापित दुई परिवारलाई (फणेन्द्र गौतम र देवी गौतमलाई)  राहत उपलब्ध गराइएको थियो ।


विपद व्यवस्थापन कोष सन्तालन तथा व्यवस्थापन कार्यविधि, २०७५ अनुसार दुवै परीवारलाइ छुट्टा छुट्टै नगद रु.तीस हजार, चामल ५० केजि,दाल ५ केजि,नुन २ केजि, मसला ७५० ग्राम (३ प्रकारका २५० ग्रामको दरले)खानेतेल १० लिटर, चाउचाउ १ कार्टुन, प्याज २ केजि आलु ५ केजि,चिनी २ केजी,सिरक एक थान, डसना एक थान,तन्ना एक थान र  त्रिपाल एक थान  (१८x२४) प्रदान गरीएको थियो ।

IMG_0383


शनिबार दिउँसो कोयाखोला स्याखोक जंगलमा लागेको आगो बस्तिमा पसेपछी पुरानागाउँका एकै स्थानमा रहेका चार परीवारका  ३ वटा घर र एउटा गोठ पुर्ण रूपमा जलेर नष्ट भएका थिए । आगलागीले गणेश गौतम,बलराम गौतम,देवी गौतम र गोविन्द गौतमका ३ वटा घर र एउटा गोठ जलेर नष्ट भएका थिए । गणेश गौतम र बलराम गौतमको घरमा बन्दगीमा फणेन्द्र गौतमको चार जनाको परीवार  बस्दै आएको  थियो भने देवी गौतमको घरमा २ जना बस्दै आउँनुभएको थियो । गविन्द गौतम सोही गाउँमा डेरामा बस्गै आउँनुभएको तर घरमा भने काठपात लगायतका सामग्रीहरू राखिएको बताइएको छ ।आगलागीबाट अन्नपात,लत्ताकपडा,गरगहना,नगद,चौपाय,काठपात सबै जलेको र १ करोड २० लाख बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारले जानकारी दिएको छ ।

IMG_0384