बुधबारे  । नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाईले बीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता वर्तमानमा झन बढेर गएको बताउनु भएको छ । 

   राष्ट्रिय मेलमिलाप नीति दिवसका सन्दर्भमा नेपाली काङ्ग्रेस बुद्धशान्ति, नेपाल तरुण दल र नेबिसंघद्वारा आज बुधबारेको हात्तीसुढेमा आयोजित बीपी बिचार गोष्ठी र बनभोज-खिचडी कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै काङ्ग्रेस युवा नेता हुमागाईले बीपीको मेलमिलाप नीतिकै जगमा मुलुकमा अग्रगामी परिवतन सम्भव भएको भनाई राख्नुभयो । 

     देशका तमाम तरुण, युवा, विद्यार्थीले बीपीको प्रजातान्त्रिक समाजवादी आत्मसाथ गरेको खण्डमा मात्र देशले चाडै समृद्धिको यात्रा तय गर्ने बिचार ब्यक्त गर्नुभयो । 

   कर्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस झापा क्षेत्र न. २ का सभापति खगेन्द्र मैनालीले बीपीको योगदान र मार्गदर्शक सिद्धान्तलाई सम्झेर आजकै दिनबाट आपसी मेलमिलापका सथ काङ्ग्रेस नेता-कार्यकर्ताहरु अघि बढनु पर्नेमा जोड दिनुभयो ।

नेपाली काङ्ग्रेस बुद्धशान्ति गाउँ समिति सभापति चक्र शेर्माले मेलमिलाप नीतिको प्रभाव र परिणाम माथी प्रकश पार्नु भएको सो कार्यक्रममा ४ न. वडाध्यक्ष शेरबहादुर रायले नेपाली राजनीतिमा बीपीको योगदानमाथी चर्चा गर्नुभएको थियो  ।

नेविसंघ बुद्धशान्ति गाउँसमिति सचीव प्रकाश शेर्माले संचालन गर्नुभएको सो कार्यक्रममा नेविसंघ बुद्धशान्ति सभापति  उमेश भट्टराईले स्वागत मन्तब्य राख्नुभएको थियो  ।

सो उपलक्ष्यमा तरुण युवाहरुबीच डोरीतान खेल, हण्डी, फुटाउने, तातो आलु, म्युजिककल चेयर तथा चेतनामुलक र मनोरन्जनात्मक गीत, नृत्यहरु प्रस्तुत गरिएका थिए !