झापा।


देशमै उत्कृष्ट कन्सल्टेन्सीको रूपमा दरिएको फस्ट  स्टेप कन्सल्टेन्सीले झापाको बिर्तामोडमा शाखा कार्यालय सञ्चालन गर्ने भएको छ। पछिल्लो क्रम विदेश गएर अध्ययन गर्ने विद्यार्थीहरूको चाहनालाई मध्यनजर गर्दै सो  कन्सल्टेन्सी सम्पूर्ण कार्य बिर्तामोड बाटै सम्पन्न गर्ने उद्देश्यले शाखा सञ्चालन गर्ने जनाएको छ।

नेपाली विद्यार्थीहरूको प्राविधिक शिक्षा सम्बन्धी रुचिलाई मध्यनजर गर्दै कन्सल्टेन्सीले उनीहरूलाई उचित कलेजमा अध्ययन गर्ने वातावरण मिलाउने जनाएको छ। कन्सल्टेन्सीले आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सो कुरा जनाएको हो।  परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अमित पौडेलले बिर्तामोडबाट फष्ट स्टेप इजुकेशनलले सेवा प्रारम्भ गर्न लागेको जानकारी दिनुभयो । काठमाडौं, बुटवल, नेपालगञ्ज र दाङबाट सेवा प्रदान गर्दै आएको कन्सल्टेन्सीले चाँडै झापाको बिर्तामोडबाट सेवा शुरु गर्ने भएको हो ।

“काठमाडौंमा हुँदा देखि नै मैले झापाबाट धेरै विद्यार्थी भर्ना गराएको छु”, उहाँले भन्नुभयो, “हामी सबै सर्टिफाइ छौं, झापाबाट पनि राम्रो काम गरेर फस्ट स्टेपप्रतिको विश्वास अझ बढाउँदै लैजाने छौं ।”

आफूहरुसँग १७ वर्ष लामो अनुभव भएको बताउनुहुँदै फस्ट स्टेपबाट गएका धेरै विद्यार्थीहरुले राम्रो सफलता हात पारिसकेको उहाँले अनुभव सुनाउनुभयो । कन्सल्टेन्सीले युके, फ्रान्स, अस्ट्रेलिया, क्यानडा, इन्डिया लगायतका देशहरुका राम्रा शैक्षिक प्रतिष्ठानमा अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श र भिषा प्रोसेसिङ साथै त्यहाँको रहनसहन, भाषा, धर्मसंस्कृति, वातावरण जस्ता विषयमा जानकारी दिने पौडेलले बताउनुभयो । फस्ट स्टेपको बिर्तामोड शाखाबाट शाखा प्रमुख दिक्षा बस्नेत, राशिका उप्रेती लगायतको दक्ष टोलीले सेवा प्रवाह गर्ने जनाइएको छ ।