झापा । पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कुटपिट भएको छ ।नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको बार्षिक साधारण सभाबाट फर्किदै गर्दा कन्काई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि कुटपिट भएको हो ।
बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ ज १८७० मा सवार एक समूहले कुटपिट गरेको बताइएको छ । कुटपिटबाट थापा घाइते भएका छन् । उनको आँखा सुन्निएको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।