झापा। झापाको मेचीनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।आज दिउँसो  मेचीनगर नगरपालिका वडा नं.१३ तेलिबारीस्थित पूर्वपश्चिम राजमार्गमा बागमती प्र–०१– ००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक भद्रपुर नगरपालिका वडा नं.१० सहिद चोक बस्ने अन्दाजी ५५ वर्षीय किसन न्यौपाने घाइते भएका थिए ।धुलाबारीबाट चारआलीतर्फ आउँदै गरेको सो बसले बिपरित दिशाबाट जाँदै गरेको मोटरसाइकलले बाटो क्रस गर्न खोज्दा ठक्कर दिएको बताइएको छ ।

घाइते न्यौपानेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा अस्पताल ल्याइपुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका छन् । बस, बस चालक उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं.६ बस्ने अन्दाजी ४२ वर्षीय बिजयकुमार यादव र मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।