बिर्तामोड । झापाको बिर्तामोडमा खाद्य स्वच्छता, सुरक्षा र सरोकारवालाको भूमिकासम्बन्धी अन्तर सम्वाद सम्पन्न भएको छ । नारी सञ्चार गृह झापाको आयोजनामा बुधबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागीहरुले ६ बुँदे सामूहिक प्रतिबद्धतासमेत जारी गरेका छन् ।
यस्ता रहेका छन् प्रतिबद्धता :
१. संघीय सरकारका जिल्लास्थित निकाय र स्थानीय सरकारको आपसी समन्वय र सहकार्य मा मानव स्वास्थ्यका लागि हानीकारक बस्तु नियन्त्रणमा पहल गर्नेछौ ।
२. नेपाल सरकारले तोकेको बाहेकका कुनैपनि विषादी आयातमा नियन्त्रण गर्दै कृषि एवं पशुजन्य उत्पादनमै शुद्धता ल्याउन पहल गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि भूमिका निर्वाह गर्ने ।
३. जैविक विषादी प्रयोगका लागि कृषकहरुलाई प्रोत्साहित गर्न र जैविक विषादी प्रयोगबाट हुने फाइदाका बारेमा सचेतना फैलाउन भूमिका खेल्ने ।
४. प्रयोगशाला व्यवस्थापन एवम दक्ष जनशक्ति वृद्धिका जिल्ला प्रशासन कार्यालयले संघीय निकायका जिल्ला स्थित सबै सरकारी निकाय, स्थानीय सरकार र सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गर्ने ।
५. चाडवाडको समयमा कृतिम अभाव, मिसावट, मूल्यवृद्धि, कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई निरन्तरता दिदै दोषीलाई स्पोर्ट (ठाउँको ठाउँ) कारबाही गर्ने छौ
६. असल कृषि अभ्यास र असल भेटेनरी अभ्यासका लागि आईपीएम पाठशाला सञ्चालन गर्न समन्वय र सहकार्य गर्ने ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख सुवासचन्द्र वस्ती, पशु क्वारेन्टाइन कार्यालय काकरभिट्टाका प्रमुख मुकेशकुमार सिंह, खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका खाद्य प्राविधिक दिनेश ढुङ्गाना, कृषि उपज बजार व्यवस्थापन समिति अध्यक्ष निरजकुमार ओलीलगायतले कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिएका थिए ।
कार्यक्रममा जावा फलफुल तथा तरकारी उत्पादक संघका अध्यक्ष उमाकान्त ढुंगेल, बेकरी उद्योग व्यवसाय सङ्घका अध्यक्ष सुमन सिंहले, उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष शालिकराम भट्टराई, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बा। लगायतको उपस्थिति रहेको थियो ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव मायामितु न्यौपानेले सञ्चालन गरेकी थिइन् ।
ताजा
चन्द्रगढी गोल्डकपमा चर्च ब्वाइजलाई स्तब्ध पार्दै एपीएफ फाइनल प्रवेश
आर्मी सामु पुलिस स्तब्ध
नागरिक अधिकार र राज्यको सीमा विषय रेडियोभिजनको कार्यक्रम
चन्द्रगढी महिला गोल्डकपमा आयोजकलाई स्तब्ध पार्दै पुलिसकाे शानदार जित
पत्रकारसँग राइनोज एजुकेसन सर्भिसको एआई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
चन्द्रगढी महिला गोल्डकपमा चर्च ब्वाइजसामु स्तब्ध बन्दै भुटान घर फर्कियो।
वीरगञ्जमा डोजर आतंक : ‘सरकारको दादागिरी शैली’—उमेश डालमिया
चन्द्रगढी महिला गोल्डकपमा रचना रिमालको प्रस्तुति रहने