झापा। झापाको दोमुखामा बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको छ ।भद्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो । उनीसंगै हराइरहेका भद्रपुर ५ कै १५ वर्षीय प्रदिप राई भेटिएका छैनन् । दोमुखामा पौडी खेल्न आएका चारमध्ये दुई किशोर हराइरहेका थिए । आज दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी दिए।‘पौडी खेल्न चारजना पसेका थिए । दुई जना निस्कन सफल भए भने अन्य दुईजना निस्कन सफल भएनन्’ फुयलले भने ।दुवै किशोर भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । उनीहरूको खोजीका लागि स्थानीयवासी, प्रहरी र आफन्त बेपत्ता भएको स्थान दोमुखा आइपुगेका छन्। उनीहरू दोमुखा ड्याममा पौडी खेल्दै थिए।
ताजा
नेपाली कांग्रेस झापाको जिल्ला अधिवेशन कात्तिक १५ गते हुने
बिर्तामोडमा भीषण आगलागी, क्यान्टिनमा काम गर्ने ६५ वर्षीय वृद्धको जलेर मृत्यु
महा नवमीमा पाथिभरा मन्दिरमा छठ समाजसेवा समितिको भण्डारा, हजारौँ भक्तजनले ग्रहण गरे प्रसाद
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा कार्यक्रम सुरु
नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षको झापा २ मा अधिवेशन सम्पन्न
मेचीलाई स्तब्ध पार्दै बिर्तामोड भेट्रान सेमिफाइनलमा
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा द्वारा बाढी पीडितका लागि १० लाख सहयोग