बिर्तामोड । बैदेशिक अध्ययनलाई प्रभावकारी काउन्सिलिङ गर्दै आएको हब ईन्टरनेशनल एजुकेसनले झापाको बिर्तामोडमा सातौ शाखा स्थापना गरेको छ । शनिश्चरे रोडमा हब ईन्टरनेशनलले सातौं शाखा स्थापना गरेको हो ।
शाखाको कन्सलटेन्सीका सञ्चालक उद्धबबहादुर खड्का र नेपाल शैक्षिक परामर्श संघ(ईक्यान) का झापा अध्यक्ष रोसन सुवेदीले सोमबार उद्घाटन गरेका छन् । काठमाण्डौको हात्तीसारमा प्रमुख कार्यालय रहेको हबको १९ बर्षअघि स्थापना भएको हो ।
ललितपुर, चितवन, बुटवल, भैरहवा, पोखरा, नेपालगन्ज र बिर्तामोडमा शाखा कार्यालय रहेको हब ईन्टरनेशनलको कर्पाेरेट शाखा भने अष्ट्रेलियामा रहेको सञ्चालक खड्काले जानकारी दिए । उनले अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, क्यानाडा, आयरल्याण्ड, भारत लगायतका देशमा अध्ययनका लागि जान चाहने बिद्यार्थीलाई प्रभावकारी रुपमा काउन्सिलिङ गरिने बताए ।
शाखा स्थापनासँगै टोफल, आइइएलटिएस लगायतको भाषा कक्षाहरु पनि बिर्तामोडमै उपलब्ध गराउने तयारी कन्सलटेन्सीको छ । बिद्यार्थीको करियर काउन्सिलिङका लागि भरपर्दाे कन्सलटेन्सी हब ईन्टरनेशनल एजुकेशन भएको दावी सञ्चालकको छ ।
कोशी प्रदेशमा पहिलो शाखा स्थापना गरेको हब ईन्टरनेशनलले चाँडै नै ईटहरी र बिराटनगरमा शाखा स्थापना गर्ने तयारी गरेको छ । अन्यभन्दा सस्तो राम्रो र भरपर्दाे काउन्सिलिङ गर्ने दावी गरेको हबले बिदेशका कलेजमा भर्नापछिको सेवा पनि उपलब्ध गराउने बताएको छ । बिर्तामोड शाखामा बैंकर्स दिपेन्द्र बुढाथोकी, व्यवसायी प्रियन्का शंकर र सोमना महत सञ्चालक रहेका छन् ।