तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकाले प्रथमिक तह तृतीय श्रेणी पहिलो पत्र परीक्षा २०८१ लाई लक्ष्यित गरी निशुल्क तयारी कक्षा शुरू गरेको छ ।परीक्षाका  लागि तयारी गर्न चाहने तर जिल्ला बाहीर गएर अध्ययन गर्न नसक्नेहरूलाई लक्ष्यित गरी फेदाप गाउँपालिकाले तयारी कक्षा शुरू गरेको शिक्षा शाखा प्रमुख श्री प्रसाद ढकालले जानकारी दिनुभयो । 

उक्त कक्षाका लागि फेदाप गाउँपालिका तथा नजिकका गाउँपालिकाका इच्छुकहरूले अध्ययन गर्न पाउँनेछन । प्रथम पत्रको तयारीका लागि वैशाख २६ गते देखि शुरू भएको कक्षा असार २० गते सम्म सन्चालन गरिनेछ ।