तुलसी सिटौला(आठराई)
तेह्रथुम जिल्लाको आठराई गाउॅपालिका वडा नं ४ स्थित भानु आधारभुत विद्यालयमा थपलीया परीवारद्वारा रू ७८ हजार १ सय ५५ को अक्षयकोष स्थापना गरेको छ । आठराई गाउॅपालिका १ सक्रान्तिबजार बस्ने कृष्ण प्रसाद थपलिया लगायत भाई- बुहारी, दिदि भिनाजु, बहिनी ज्वाई द्वारा स्वर्गीय बुबा राम प्रसाद थपलिया र स्वर्गीय आमा सिता देवी प्रसाई थपलियाको स्मृतिमा अक्षय कोष स्थापना गर्नु भएको हो ।
अक्षयकोषमा राखिएको रकमको वार्षिक आउॅने व्याजको ८५ प्रतिशत विद्यालयले प्रत्येक वर्ष सरस्वती पूजाको लागि खर्च गर्न पाउॅने र व्याजको १५ प्रतिशत सावामा थपिदै जाने गरी स्थापना गरीएको समाजसेवी तथा शिक्षाप्रेमी कृष्ण प्रसाद थपलीयाले बताउॅनु भयो ।
आठराई गाउॅपालिका अध्यक्षको कार्यकक्षमा एक कार्यक्रम गरी गाउॅपालिका अध्यक्ष दिल कुमार पाहिम र दाता कृष्ण प्रसाद थपलियाले विद्यालयका प्र अ अमृत ब. मगर र वि व्य स अध्यक्ष यम ब. मगरलाई हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष पाहिमले शिक्षाका लागि र शैक्षिक उन्नयनका लागि अक्षयकोष स्थापना गर्नु भएकोमा कृष्ण प्रसाद प्रति धन्यवाद व्यक्त गर्नु भयो ।
शिक्षा प्रमुख बिष्णु प्रसाद खनाल, प्रा.स.विरेन्द्र कन्दङवा, उद्योग वाणिज्य संघ सक्रान्तिका अध्यक्ष प्रेम पौडेल लगायतको उपस्थितिमा उक्त अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको थियो ।






























































