प्राज्ञिक विद्यार्थी परिषद नेपालले तेह्रथुमको आठराई गाउॅपालिका वडा नं ६ चुहानडॅाडा स्थित शारदा मा.वि.का १०० जना विद्यार्थीहरुलाइ  र विद्यलयलाई सोमबार  एक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरेको छ । कक्षा १०,११ र १२ कक्षाका सबै विद्यार्थीलाई एक एक वटा झोला,कापी र डटपेन बितरण गरेको छ भने बिद्यालयका लागि एक थान अंग्रेजी शब्दकोश, दश थान जमेट्री बक्स र केही थान अंग्रेजी बोलचाल पुस्तक प्रदान गरेको प्राज्ञिक विद्यार्थी परिषद कोशी र मधेश प्रदेश सचिव क्षित राज न्यौपानेले बताउॅनु भयो ।

परिषदले यो साल देश भरका २५ जिल्लाका एक जिल्ला १ विद्यालय छनोट गरी २५ वटा विद्यालयहरुको छनोट गरी २५०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको न्यौपानेले बताउॅनु भयो ।

भारतीय जनता र भारत सरकारको सहयोग एवं प्राज्ञिक विद्यीर्थी परिषद नेपालको समन्वयमा करीब १ लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरेको हो ।

ज्ञान शील एकता,परिषदको विशेषता भन्ने मुल भावका साथ असल व्यक्ति निर्माणद्वारा विकसित राष्ट्रको निर्माण गर्ने उद्येस्यले २०५२ सालमा स्थापना भएको परिषदले वर्षेनी यसरीनै शैक्षिक सामग्री वितरण गर्दै र अन्य सेवामुलक कार्य गर्दै आएको छ । 

शारदा मा.वि. वि.व्य.स. अध्यक्ष जगत थपलियाको अध्यक्षता, प्राज्ञिक परिषद नेपाल कोशी प्रदेश अध्यक्ष प्रेम कार्कीको प्रमुख आतिथ्यता ,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिष्णु प्रसाद खनालको विषेश आतिथ्यता तथा सामाजिक व्यक्तित्वहरुको आतिथ्यता लगायत शिक्षकहरु र विद्यार्थीहरुको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शारदा मा.वि.का निमित्त प्रधानाध्यापक भवदेव भट्टराईले आफ्नो विद्यालयलाई छनोट गरी विद्यार्थी र विद्यालयलाइ शैक्षिक सामग्री प्रदान गरेकोमा प्राज्ञिक विद्यार्थी परीषद नेपाललाई धन्यवाद व्यक्त गर्नु भएको कार्यक्रमको सन्चालन शिक्षक विराज श्रेष्ठले गर्नु भएको थियो ।