तुलसी सिटौला (आठराई)
श्री रन्दल आधारभूत विद्यालय आठराई गाउँपालिका ४ इवाको ३२ औ वार्षिक उत्सव तथा अभिभावक दिवस आइतबार सम्पन्न भएको छ ।वार्षिक उत्सव कार्यक्रमको अवसरमा विद्यालयले छात्रवृति दाताहरू हर्ष कुमार ईङनाम,अस्मिता उप्रेति र युवराज मैनालिलाई सम्मान गरेको थियो । त्यस्तै २०७९ सालमा उत्कृष्ट असल र ईमान्दारी पूर्वक शिक्षण गर्नुभएका ३ जना शिक्षकहरुलाई समेत विद्यालयले नगद १/१ हजार सहित प्रमाण पत्रले सम्मान गरेको थियो । सम्मानित हमने शिक्षकहरूमा शुशीला गौतम र आकृति ईङनाम रहनु भएको छ ।सोही कार्यक्रममा पूर्व प्र अ टेक बहादुर ईङनामलाई संस्थापक प्रधानाध्यापक नीजि स्रोत बाट भएपनी विद्यालयमा अतुलनीय योगदानको कदर गर्दै सम्मान गरीएको प्रद्यानाध्यापक दिपक दुलालले जानकारी दिनुभयो ।

वार्षिक उत्सवको अवसरमा आयोजित इवा भित्रका अन्तर आ वि (१-८) स्तरीय छात्र फुटबल प्रतियोगिताको विजेता जनता आ वि वरवोटे भएको छ । फाइनलमा प्रणामी मा वि सिम्लेलाई ट्राईवेकरमा पराजित गर्दै जनता विजयी भएको हो । निर्धारीत समयमा दुवै टिमबाट १/१ होलकों बराबरी भएपछी नतिजा ट्राइवेकर मार्फ़त निकालिएको थियो । विजेता जनताले रू ८ हजार प्राप्त गर्यो भने उपविजेता प्रणामीले रू ५ पाँच हजार प्राप्त गर्यो। पाँचवटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा सहभागी विद्यालयलाई सान्त्वना स्वरूप रू १/१ हजार प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्ष कुमार इङनामको अध्यक्षतामा सम्मपन्न कार्यक्रममा विद्यालयका प्र अ दिपक दुलालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
वार्षिक प्रतिवेदन माथि आफ्ना भनाई राख्दै जनता आविका प्र अ रत्न कालिकोटेले यथार्थ कुराहरु आएका र प्रतिवेदन ऐना झैँ छर्लङग भएको बताउँनु भयों ।
पूर्व निर्धारीत कार्यक्रम अनुसार छात्रवृति वितरण रनि रहेको तर समय अभावका कारण सरस्वती पुजाका दिन वितरण गर्ने गरि निर्णय गरिएको प्र अ दुलालले जानकारी दिनुभयो ।



























































